Central College Central College
Central College Central College

आईएसएमटी कलेजले माघ १ गते कन्सर्ट गर्दै ।

बिहीबार, पुस २५, २०८१
AArambha

s-1736404941.jpeg
भरतपुर-१२, चितवन स्थित आईएसएमटी कलेजले यहि माघ १ गते एक बृहत कन्सर्ट आयोजना गर्दैछ। कलेज परिसरमा आयोजना हुने कन्सर्टको नाम ‘आइएसएमटी चितवन म्युजिक फेस्ट-२०२५’ राखिएको छ।


 भरतपुर महानगरपालिका वडा नम्बर १२ वडा कार्यालय सङ्गै रहेको सो कलेजले माघे सक्रान्तिका दिन अर्थात् जनवरी १४ तारिख मङ्गलबारका दिन मध्यान्ह १२.३० बजे देखि कार्यक्रम गर्न लागेको हो।
 सो कार्यक्रममा युवा पुस्ताहरुका माझमा चर्चित एवम लोक प्रिय म्युजिकल ब्याण्ड द इलिमेन्ट्सले प्रस्तुति प्रस्तुत गर्नेछ।साथै कलेजमा अध्ययनरत विद्यार्थी हरु द्वारा नृत्य तथा साङ्गीतिक प्रस्तुति हुनेछन्। 


कलेजमा अध्ययनरत विद्यार्थीहरुका लागि टिकट मूल्य रु १५०/- र अन्य दर्शकहरुका लागि रु ३००/- निर्धारण गरिएको छ।

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १२:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार