सोसल मिडिया
हाम्रो बारेमा
भरतपुर माघ १६,
विद्यालयको १४औ वार्षिकोत्सव तथा अभिभावक दिवस को अवसरमा गरिने अन्तर विद्यालय प्रतिस्पर्धात्मक प्रतियोगिता कार्यक्रमको शुभारम्भ भरतपुर १० स्थित अर्किड माविले सहिद दिवस को अवसर पारी" अन्तरस्कुल साइकल दौड प्रतियोगिता" बाट शुरुआत गरेको छ।
आजको पहिलो कार्यक्रम अन्तर्गत को साइकल दौड प्रतियोगितामा छात्र समूह बाट सिर्जना स्कुलका किरण गुरुङ प्रथम र छात्रा समूह बाट वाल्मीकि स्कुलकि सुदानी भण्डारी प्रथम भएका छ्न। कुल १० विद्यालयका २० प्रतिस्पर्धी रहेको प्रतियोगितामा दोस्रो स्थान छात्र र छात्रा समूह बाट क्रमश: आयुश प्रधान( स्मल हेभन मोडल स्कुल) खुशी न्यौपाने ( भद्र कुमारी राष्ट्रिय आधारभुत विद्यालय र तेस्रो स्थान वाल्मीकि र सिर्जना स्कुलकै सुशान्त दवाडी र आश्मा गुरुङ क्रमशः छात्र र छात्रा समुहमा भएका थिए ।
अर्किड साइकिलिङ क्लबको संयोजनमा हुने यस दौड कार्यक्रम सम्पन्न अर्किड मा वि को तेस्रो कार्यक्रम भएको कार्यक्रम संयोजक प्रतीक्षा श्रेष्ठले बताउनु भयो। विद्यालयले फागुन ४ अर्थात वार्शिकोत्सव अघि अन्य प्रतिस्पर्धात्मक राखेको पनि श्रेष्ठले बताउनु भयो!